सर्वोच्चमा विश्वकै दुर्लभ घटना : कानुन व्यवसायीहरूले गरे खाली इजलासमा बहस

0
Shares

फाइल तस्बिर

न्युज अफ नेपाल, काठमाडौं । 

विश्व इतिहासमै पहिलो पटक सर्वोच्च अदालतका खाली इजलासमा बहस भएको छ । स्वतन्त्र कानुन व्यवसायी अभियानमा आबद्ध कानुन व्यवसायीहरूले आज खाली इजलासमा बहस गरेका हुन् । अधिवक्ता स्वागत नेपालसहित अनिल उपाध्याय, कृष्ण प्रसाईँ, दिपेन्द्र घिमिरे, शिरिधर न्यौपाने, नानीबाबु दहाल, पृथ्वीनाथ राई, दिपक खनाल, निर्मला दंगाल लगायत १२ जना कानुन व्यवसायीहरूले पेसी तोकेर पनि खाली रहेका सर्वोच्चका सबै इजलासहरूमा बहस गरेका हुन् ।

उनीहरूले इजलास भित्रको सिसि क्यामरा र न्यायाधीशका खाली कुर्सीलाई सम्बोधन गर्दै संसारमै न्यायलाई मार्ने कार्य न्यायमूर्तिबाटै हुनु मानव अधिकारको ठाडो उल्लङ्घन भएको बहसका क्रममा खाली इजलासमा बोलेका थिए । कानुन व्यवसायीहरुको उक्त बहस इजलास अधिकृत लगायत सर्वोच्चका कर्मचारीहरु, सुरक्षाकर्मी र पिडित सेवाग्राहीहरुले सुनिरहेका थिए ।

महिनौदेखि भोकभोकै न्यायका लागि सर्वोच्चका खाली इजलासमा न्याय कुरिरहेकाहरूले यसरी मुलुकको सर्वोच्च निकायमै आफूहरूमाथि अन्याय भएको र यसले आम जनतामा न्यायाधीश र न्यायालयमाथिको विश्वास गुमेको प्रतिक्रिया दिए, नाम सार्वजनिक नगरिदिने सत्रमा एक जना बारा जिल्लाबाट आएका पीडितले भने आफू एक महिनादेखि सर्वोच्चमा मुद्दा फैसला होला भनेर कुरिरहेको तर इजलास बहिस्कारका कारण ३ दिनका लागि भनेर आएको मानिस खर्च सकिएर सडक छेउमै भोक भोकै रात बिताउन वाध्य भएको प्रतिक्रिया दिए ।