धादिङबेसीमा न्यायिक बाह्य पहुँच कार्यक्रम



 न्युज अफ नेपाल, धादिङ ।

जिल्ला अदालत धादिङद्वारा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतना जगाउन न्यायिक बाह्य पहुँच कार्यक्रम आज धादिङबेसी सम्पन्न भएको छ ।

जिल्ला न्यायाधीश रमेश कुमार ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिवक्ता खेमराज पाठकको विशेष आतिथ्यता रहेको थियो । २०७५  अगाडि र त्यसपछिका संशोधन भएका कानुनहरू, जिल्ला अदालतका अधिकार क्षेत्रहरू, रिट निवेदन, मुद्दा दर्तादेखि फैसलासम्मका चरणहरू, फैसला कार्यान्वयनका चरणहरू  र अदालतबाट प्रदान गरिने सेवाको बारेमा जिल्ला न्यायधिस  ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।

धादिङ जिल्ला अदालतमा २०७८ असोज २५ गतेसम्म ८ सय ७ थान मुद्दा फर्स्योट हुन बाँकी रहेको छ । यस वर्ष २ सय ८३ थान मुद्दा दर्ता भएको र ७ सय ५५ थान मुद्दा जिम्मेवारी सरेर आएकोमा यस अवधिमा २ सय ३१ थान मुद्दा फर्स्योट भएको कार्यक्रमका अवसरमा जानकारी गराइएको थियो ।

बाल विवाह र घरेलु हिंसा अधिकतम रहेकाले त्यसको न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने न्यायाधीश ज्ञवालीले बताउनुभयो ।  कार्यक्रममा श्रेस्तेदर खुमप्रसाद भण्डारी, वैतनिक कानुन व्यवसायी गोविन्दराज श्रेष्ठ, धादिङ बार एसोपिसइसनका संस्थापक अध्यक्ष  विष्णुकुमार श्रेष्ठ, बार इकाई धादिङका अध्यक्ष कृष्णराज अधिकारी, लगायतको सहभागिता रहेको थियो । सहभागीहरूले न्यायाधीश ज्ञवालीसमक्ष आफ्ना–आफ्ना गुनासो समे व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्