पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं।

पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९१३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १९३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् ।