क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा १ को प्रदेशसभा (क) सभापतिमा युवा नेता/कलाकार सु शान्तकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी अघि सार्नुभएको छ । नेपाली कांग्रेस मकवानपुरको निर्वाचित जिल्ला सदस्य रहनुभएका श्रेष्ठले अब प्रदेशसभा क्षेत्र (क) को सभापतिमा उम्मेदवारी रहेको बताउनुभएको हो ।

२०६४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य लिनुभएका श्रेष्ठले सोही सालदेखि हालसम्म पार्टीको सक्रिय राजनीतिक भूमिका निभाउँदै आउनुभएको छ । २०६४ र २०७० को चुनाबमा अहम् भूमिका निभाउँदै २०७४ को स्थानीय र प्रदेश÷संघीय चुनाबमा सक्रियरुपमा खटिनुभएका श्रेष्ठ २०७२ मा निर्वाचित जिल्ला सदस्य बन्नुभएको थियो । नेपाली चलचित्र निर्माणसँगै अभिनयमा सक्रिय श्रेष्ठ पार्टीको साँस्कृतिक विभागको प्रमुख हुनुहुन्छ ।

नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ प्रदेशसभा (क) को सभापतिमा थाहाका खड्गबहादुर गोपालीले उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् हुने प्रदेशसभा अधिवेशनमा उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेस क्षेत्र–२ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफूले प्रदेशसभा सभापतिमा उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो । थाहानगर उपमेयरसमेत रहनुभएका गोपालीले आफूले आफ्नो कार्यकाल सफलतापूर्वक गरिरहेको भन्दै अब एक स्टेप माथि उक्लेर प्रदेशसभा (क) को सभापतिमा उम्मेदवारी दिने बताउनुभयो ।

पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तन गराउन क्रियाशील रहने भन्दै उहाँले सभापतिमा आफूलाई यसपटक अघि सार्नुभएको छ । संगठन निर्माणस“गै कार्यकर्तालाई एकजुट भएर क्रियाशील गराउन आफूले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । मकवानपुरमा २ वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्र छन् ।

नेपाली कांग्रेसको महाधिवेशनले कांग्रेसजनमा चुनाब लागेको छ । मकवानपुरमा वडा र पालिकाको चुनाब दशैंअगाडि नै सकिएको छ । केन्द्रीय कार्यालयबाट प्रदेशसभा क्षेत्र र संघीय अनि जिल्लाको चुनाबतालिका सार्वजनिक भएलगत्तै चुनाबी माहौल सुरु भएको हो ।