पाल्पा वुटवल सडक रातीको समयमा १५ दिन वन्द


पाल्पा ।

सडक विस्तारका लागि पाल्पा बुटवल खण्डको सडक बन्द गरिने भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्ड बिस्तारका लागि रातीको समयमा १५ दिनसम्म बन्द हुने भएको हो ।

कार्तिक २२ गतेदेखि मंसिर ६ गतेसम्म हरेक दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

दोभान प्रहरी चौकी आसपासमा सडक चौडा गर्नका लागि रातको समयमा सडक पूर्ण रूपमा बन्द गरिएको हो । उक्त समयमा सुरक्षा र एम्बुलेन्स बाहेकका सबै सवारी रोकेर काम गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

दिउँसोको समयमा सवारी चाप बढी हुने भएकाले रातको समयमा काम गर्न लागिएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो । बन्दको समयमा जरुरी सवारी साधनहरु एम्बुलेन्स, सुरक्षासँग सम्बन्धित साधन भने चल्न पाउने छन् ।