पोखरेमा माइक्रोबस दुर्घटना, १९ जना घाइते


चौतारा ।

सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् । घाइतेलाई काभे्रको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

चौताराबाट काठमाडैँ जाँदै गरेको बा२ख २६१२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब आठ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका तीन बालबालिकासहित २० जना सवार रहेकोमा एक जना सकुशल रहेको छ । दुर्घटनाको बारेका अनुसन्धान भइरहेको बताइएको छ ।