पत्रकार श्रीपालीको कोठाबाट क्यामरा र नगद चोरी  



न्युज अफ नेपाल, काठमाडौं ।

पत्रकार जसिन्द्र श्रीपालीको कोठामा चोरी भएको छ । टोखा नगरपालिका वडा नं. ६ स्थित म्याग्दी चोकमा रहेको कोठाबाट झण्डै डेढ लाख बराबरको जिन्सी सामान सहित २० हजार नगद चोरी भएको पत्रकार श्रीपालीले बताए । घरको छतमा लुगा सुकाउन गएको बेला कोठाबाट सामान तथा नगद चोरी भएको उनले बताए ।

मोबाइल र क्यामरामा अफिस तथा व्यक्तिगत महत्त्वपूर्ण सामग्रीहरू रहेकाले काममा समस्या भएको उनले बताए । उनको कोठाबाट झण्डै ४१ हजार बराबरका ३ थान मोबाइल, झण्डै ७० हजार मूल्य पर्ने क्यानोनको क्यामरा एक थान र २० हजार रुपैयाँ नगद चोरी भएको हो । महानगरीय प्रहरी प्रभाग गोङ्गबुमा खोजबिनका लागि निवेदन दिइसकेको उनले बताए ।

आज (मंगलबार) दिउँसो साँढे ३ बजेतिर उनको कोठाबाट सामान चोरी भएको हो । पत्रकार श्रीपाली  क्रियाशील दलित पत्रकार संघकाे केन्द्रीय सदस्य समेत रहेका श्रीपाली सन्दर्भ टुडे डटकममा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्