राजनीतिज्ञले न्याय दिन थाले मुलुक बर्बाद हुन्छ : उपेन्द्र यादव


यमलाल भुसाल,  बुटवल ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको चौतर्फी रूपमा आलोचना र वारले राजीनामा मागी रहेको समयमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायपालिका भित्रै राजनीति हुन थाल्ने र राजनीतिज्ञले न्याय दिन थाले मुलुक बर्बाद हुने बताउनु भयो ।

उहाँले न्यायालयको विषयमा राजनैतिक दलहरू नबाेलेकोमा सराहना समेत गर्नु भयो । अध्यक्ष यादवले न्यायालय र राजनीतिक दलले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ । उहाँले न्याय निरूपण गर्ने काम न्यायालयको र राजनीति गर्ने काम राजनीतिक दलको भएकाले दुवैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

मंगलबार भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले राजनीतिक दलले न्याय दिने अनि न्यायालयले राजनीतिक गर्न थाल्ने हो भने के दुर्दशा हुन्छ ?’ उहाँले राजनीतिक दल र न्यायालयले आफ्नो सीमा रेखाभित्र रहेर एक अर्काको कार्य गर्न नहुने औल्याउनु भयो ।

अध्यक्ष यादवले न्यायपालिका भित्रै राजनीति हुन थाल्ने र राजनीतिज्ञले न्याय दिन थाले मुलुक बर्बाद हुने बताउनु भयो ।
एक–अर्काको क्षेत्राधिकार क्रस गर्नुहुँदैन, दुवै क्षेत्रलाई अलग राख्नुपर्छ भन्दै उहाँले राजनीतिक मुद्दालाई अदालतबाट भन्दा पनि राजनीतिक तवरबाट समाधान खोज्नुपर्ने धारणा राख्नु भयो ।

‘अदालतले हस्तक्षेप गर्‍यो पनि भन्ने अनि न्यायालय पनि गइरहने परिपाटी छ यो हुनुहुँदैन, उहाँको कथन रहेको छ ।
राजनीतिक अस्थिरताका कारण नेपाल बाहिरकाले फाइदा लिने खोज्ने प्रवृत्ति रहेको भन्दै उहाँले नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न सके रोजगारीका लागि युवाहरू कतार, मलेसिया लगायतका मुलुक जानु नपर्ने बाध्यताको अन्त्य हुन जिकिर गर्नु भयो । ‘पर्यटनको विकासबाट नै स्वदेशमै प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सकिनेमा उहाँले जोड दिनु भयो ।