काठमाडौंमा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ११७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २० र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा ५०२६ जनाको कोरोना परीक्षण गर्दा सो ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २६०६ जनाको पिसिआर परीक्षण र २४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ६५४ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। आज ४२५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।