बहिनीलाई जबरजस्ती करणी गर्ने बनेपा नालाका युवक दोषी ठहर


मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले हाडनातामा जबरजस्ती करणी अभियोगमा थुनामा रहेका युवकको कसुर कायम गर्ने फैसला सुनाएको छ । बनेपा नगरपालिका वडा नम्बर ४ स्थित उग्रचण्डी नाला घर भएका २१ वर्षीय युवकले ११ वर्षीय बहिनीलाई टिभी हेर्ने बहानामा पटक पटक जर्बजस्ति करणी गर्दै आएका थिए ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले जबरजस्ती करणी गरेको अभियोगमा थुनामा रहेका २१ वर्षीय बनेपा ४ का युवकको कसुर निर्धारण गरेको जानकारी दिनुभयो । ‘संहिता कानुनले गरेको व्यवस्था अनुसार तीन वर्ष भन्दा माथि सजाय हुने मुद्दाहरूको हकमा पहिले कसुर सम्बन्धी फैसला हुन्छ’–श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेले भन्नुभयो–‘युवकले आफ्नै बहिनीलाई पटक पटक जर्बजस्ति करणी गरेको अदालतले ठहर गरेको छ ।

अब कार्तिक ३० गते सजाय निर्धारण हुनेछ ।’ जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले युवकलाई कसुर गरेको ठहर गरेको हो । पीडितको पक्षबाट जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद पोखरेल र सहायक न्यायाधिवक्ता सुदिप शाक्यले बहस गर्नु भएको थियो ।

पीडित बालिकाको बकपत्र, जाहेरी तथा तथ्य र प्रमाणका आधारमा युवकले जबरजस्ती करणी गरेको पर्याप्त आधार भएकाले दोषीलाई हदैसम्मको कारबाहीको माग गरिएको थियो । जिल्ला महान्यायाधिवक्ता चन्द्रप्रसाद पोखरेलले अदालतले पीडित बालिकालाई न्याय दिएको प्रतिक्रिया दिनु भयो ।

११ बर्षिया बालिकालाई टिभी हेर्ने बहानामा नातामा आफ्नै दाजु पर्ने युवक जिस्किने, बालिकाको योनी जबरजस्ती हेर्ने, लिङ्ग चुसाउने जस्ता अमानवीय र क्रूर व्यवहार पछि एकान्त भए लगत्तै जबरजस्ती करणी गर्दै आएका थिए । बालिकाले उक्त घटना कसैलाई भन्न नसकेका कारण पटक पटक जबरजस्ती करणीमा परेकी थिईन् ।

घटनाका बारेमा भने परिवारका सबैलाई मारिदिने दम्की समेत दिएका युवकका हर्कतकबाट बालिका बेहोस भए पछि अभिभावकले उपचारका लागि अस्पताल लैजाने क्रममा आफ्नै दाजुबाट बलात्कृत भएको जानकारी पाएका थिए । नेपाल बनेपा पोल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत युवकले अन्य बालिकाहरूलाई पनि यौन दुर्व्यवहार गरेको रहस्य खुलेको थियो ।

बालिकाका अभिभावकले २०७६ चैत्र ३ गते इलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दर्ता गराएका थिए । सोही दिन युवक पक्राउ परेका थिए । २०७६ साल चैत्र २८ गते सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता कपिल रोक्काले सोही मुद्दा जिल्ला अदालतमा पेस गर्नु भएको थियो ।

अभियोगमा करणी सम्बन्धी कसुर (हाडनातामा जबरजस्ती करणी) अभियोगमा हाडनाता, जबरजस्ती करणीमा कारबाहीको माग गरिएको थियो । सरकारी वकिलको कार्यालय र जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद पोखरेल, सहायक जिल्ला न्यायाधिवक्ताद्धय कपिल रोक्का र सुदिप शाक्यले मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) (२) र सोही संहिताको दफा २२० (१) (२) (घ) बमोजिमको कसुर गरेकाले सोही दफा सहित संहिताको दफा २१९(८) बमोजिम थप हुन माग दावी गरेका थिए ।

युवकले जबरजस्ती करणी गरेको कसुर ठहर भएकाले उक्त दफा अनुसार कार्तिक ३० गते सजाय निर्धारण हुने श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेले बताउनु भयो । दफा अनुसार कसुर ठहर भएको अवस्थामा १० वर्ष वा दश वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्ष देखि २० वर्षसम्म सजाय हुने व्यवस्था छ ।

बालिकाको उमेर ११ वर्षको मात्रै छ । त्यस्तै हाडनाता करणीमा एक वर्ष देखि ३ वर्षसम्म कैद र १० हजार देखि ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । थुनामा राखेका युवकलाई निर्दोष साबित गर्न नेपाल बनेपा पोल टेक्निक विद्यालयका केही कर्मचारीहरू, राजनीतिक दलका नेताहरू र अन्य केही स्वार्थ समूह सक्रिय थियो । अदालतले पटक पटक पेशी र आदेश हुँदै आएको उक्त मुद्दा डेढ वर्ष पछि फैसला सुनाएको हो ।