पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोष्गशालालमा १९८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।