स्कुटर दुर्घटनामा चालकको मृत्यु

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा चालक रामेछाप लिखु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर मध्यपुर थिमी धुन्चेपाखा बस्ने बर्ष ३५ को राज कुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार धुञ्चेपाखाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३४३६ नम्बरको स्कुटर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ तीन दोबाटोमा अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको थियो ।

दुर्घटनापछि चालक तामाङ गम्भीर घाइते भएकोमा उनको नेपाल–कोरियन मैत्री नगरपालिका अस्पताल थिमीमा उपचारको क्रममा मृत्यु भएको हो । उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । असावधानिपूर्वक सवारी साधन चलाउदा स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।