छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा पाल्पामा दुई दिनमा दुई जना पुरुषको  दुई भिन्न घटनामा मृत्यु भएको छ । एक जनाको रुखले च्यापिएर र अर्का एक जनाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्लाको तानसेन–१४ अर्गलीका   ५० वर्षीय लक्ष्मण पाण्डेको रुखले च्यापिएर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहीबार तानसेन नगर पालिका– १३ स्थित छेर्लुङ्क  आफन्तकोमा जाँदै गर्दा कालीगण्डकी नजिकै कुरुङ्खखोला तर्ने क्रममा एक्कासी वरको रुख ढलेर लाग्दा पाण्डेको मृत्यु भएको हो । पाण्डेको शव बाँसको झ्याङमा अड्किएको अवस्थामा फेला परेको  थियो ।

यस्तै शुक्रवार बिहान तानसेन–१०, नयाँ पाटीका ७१ वर्षीय उदय सारुको लडेर मृत्यु भएको छ । तानसेन–८ नयाँ पाटी खोल्सामा लडेर सारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर स्वातीले जानकारी दिनुभयो ।घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।