राष्ट्रपति भण्डारीले लगाइन् भाइ डेगेन्द्र पाण्डेलाई ‘भाइटीका’


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएका छन् । उनका तीन भाइमध्ये दुई भाइ अमेरिकामा रहेका र कान्छा भाइ डेगेन्द्र पाण्डे भने नेपालमै रहेको बताइएको छ ।

भाइटीकाको दिन उनले भाइलाइ टीक लगाएर आशीर्वाद दिएकी हुन् । शनिबार दिदीको हातको टीका लगाउन भाइ पाण्डे शीतलनिवासमै पुगेका थिए ।