जाडेन र आजमीलाई उपाधि


नेपाल समाचारपत्र, काठमाडौं  । 

जाडेन श्रेष्ठ र आजमी शेरचनले लिटल डल्फिन्स प्रालि किड्स ट्रायथलनको उपाधि हात पारेका छन् ।जाडेनले १ सय मिटर पौडी, ५ किमि. साइक्लिङ र १.५ किमि. दौड २० मिनेट ५१.६१ सेकेन्डमा पूरा गरेर उपाधि हासिल गरे । यस्तै, आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेकी हुन् । विजयी खेलाडीहरूले १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

कालोपुलस्थित वेस्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाइजतर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभनलाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । सिंहले उक्त दूरी २१ मिनेट १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनेट १७.२० सेकेन्डमा पूरा गरे ।यस्तै, गल्र्सतर्फ परिधि भण्डारीले २५ मिनेट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पूरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे । दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार र ३ हजारको गिफ्ट भौचरप्राप्त गरे ।

प्रतियोगितामा ब्वाइजतर्फ जोडेन श्रेष्ठ र गल्र्सतर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरूले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे । स्कुलस्तरदेखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्रायथलन खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल ट्रायथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राइभेटले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा २२ ब्वाइज र ७ गल्र्सको सहभागिता रहेको थियो ।