बलिउड अभिनेता युसुफको कोरोनाबाट निधन


बलिउड अभिनेता युसुफ हुसेनको कोरोना संक्रमणबाट ७३ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको उपचारका क्रममा मुम्बईस्थित लीलावती अस्पतालमा शनिबार निधन भएको हो। फिल्म निर्माता एवं उनका ज्वाइँ हंसल मेहताले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेका हुन्।

उनको निधनको खबरपछि बलिउड कलाकार एवं उनका फ्यानहरू दुःखी भएका छन्। उनको निधनमा दुःख जनाउँदै मनोज बाजपेयी, पूजा भट्टलगायतका कलाकारले सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिएका छन्।

युसुफले विवाह, धुम २, दिल चाहता हे, राज, हजारौ ख्वाइसे इसी, ओ माई गड, कृष ३, दबंग ३, खोया खोया चाँदजस्ता दर्जनौं फिल्म तथा मुल्ला नसुरुद्धिन, कुमकुमः एक प्यारसा बन्धन, सीआईडी, तुम बिना जाउँ कहाँ जस्ता टेलिसिरियलमा अभिनय गरेका थिए।