कवि त्यागीको ‘साँघुरो सुर्को’ लोकार्पण


काठमाडौं, (नेस) । 

युवाकवि विकल त्यागीद्वारा रचित कविताहरूको सङ्ग्रह ‘साँघुरो सुर्को’ एक समारोहबीच प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा लोकार्पण भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भूपाल राईले मलाई हिजोआज के लाग्न थालेको छ भने विमोचन भनेको आम पाठकसामु नयाँ कृति आएको सूचना दिनु हो, त्यति भए विमोचनको कार्य सम्पन्न हुन्छ । अर्को कुरो आज म त्यागीका कविताभित्र पस्न चाहन्न । किनभने उनको संग्र्रहमा मैले छोटो भूमिका लेखिसकेको छु भन्नुभयो ।

डा. विन्दु शर्माले भनिन्– ‘त्यागीका कविताहरूको मुख्य विषयहरूमा राजनीति, समसामयिकी र व्यक्तिगत भावुकता रहेको छ । त्यागीभित्र कविव्यक्तित्व टड्कारो रहेको यद्यपि, संग्रह प्रकाशनमा अलिक हतारो भएको हो कि ? किनकि, कविता भनेको आम मानिसको भाषालाई अक्षरमा उतार्न मात्र नभई आम मानिसको भाषालाई विशिष्टीकृत र संष्लेषित गरेर आफ्नै मौलिक शैलीसहित कवितामा उतार्नु हो ।

कवि त्यागीले धन्यवाद ज्ञापनसहित आफ्ना दुईवटा कविता वाचन गर्नुभएको थियो । ‘साँघुरो सुर्को’ त्यागीले विगत अढाइदशकदेखि रचना गरेका कविताहरूको पहिलो संग्रह हो ।