एसओएस बालग्राममा आठ महिनादेखि न्याय खोज्दै ‘आमा’



न्युज अफ नेपाल, काठमाडौं ।

‘आठ महिना वितिसक्यो आजसम्म मैले न्याय पाएकी छैन । एसओएस संस्था महिला तथा बालबालिका विरुद्धको हिंसाप्रति शून्य सहनशीलता राख्छौ भन्दै वकालत गर्छ तर खै मलाई न्याय दिलाएको’ भन्दै आफ्नो दुखेसो पोख्छिन् एसओएस सुर्खेतमा‘आमा’ पदमा कार्यरतयशोदा महत ।

साधारणतया १५ दिनमा छानविन भई पीडितलाई न्याय दिलाउने नियम भएता पनि यशोदा महतलाई आठ महिना बितिसक्दा पनि छानविन समितिले परिणाम दिनसकेको छैन । महतलाई एसओएस नेपालका कार्यकारी निर्देशक ईश्वरीप्रसाद शर्मा र परियोजना निर्देशक मुकुन्द गिरीले रातको समयमा बोलाएर ‘तैले विहे गरिछस्, तँ जागिर खान पाउँदिनस्’ भन्दैहुँदै नभएको दोष लगाई मानव अधिकार हननगरेका थिए ।

त्यस व्यहोराको भिडियो सहितको समाचार नेपाल समाचारपत्रले प्रकाशित गरेपछि बल्ल अन्तर्राष्ट्रिय कार्यालयको ध्यानाकर्षण भएको थियो ।
सुर्खेतकै संरक्षणमा रहेका चारबालिकामाथि यौनहिंसा आरोपित परियोजना निर्देशक गिरी विरुद्धको उजुरीको पनि छानबिन थालिएको तर महिनौं बितिसक्दा पनि रिपोर्ट सार्वजनिक गरिएको छैन ।

कार्यकारी निर्देशक शर्माका अन्तरंग सहयोगी भएका कारण छानविन समितिले परिणाम दिन नसकेको टिप्पणी एसओएस नेपालमा कार्यरत पुराना कर्मचारीहरुको छ ।धेरै उजुरीहरुमाथि छानबिन भएर पनि प्रतिवेदन नआएको सम्बन्धमा प्रवक्ता दीपा ओलीसँग सम्पर्क गर्दा उनले भनिन्, ‘मसम्म रिपोर्ट आए, मैले मिडियालाई दिने हो, आजसम्म तपाईंले उठाएका विषयमा मकहाँ रिपोटै नै आएको छैन’ १२ कात्तिकका दिन उहाँले प्रतिक्रिया दिनुभयो ।

अनाथ तथा असहाय बालबालिकाको क्षेत्रमा संसारमै कहलिएको गैरसरकारी संस्था एसओएस बालग्राम नेपालकावर्तमान प्रमुख ईश्वरीप्रसाद शर्माका कारण संस्थाको प्रतिष्ठामा ठूलो आघात परेको पुराना कर्मचारीहरुको टिप्पणी छ । चार वर्षअघि शर्माले संस्थाको नेतृत्व सम्हालेपछि संस्थाको हालत अत्यन्तै खराब भएको विभिन्न सूचकले पनि सावित गरेका छन् ।

संस्थाको विधान र नियमावलीलाई समेत बेवास्ता गरेर शर्माले आफन्तहरुलाई जथाभाबी नियुक्ति दिलाउन विधान तथा नियमावलीविपरीत जथाभाबी पद सृजना गर्न लागिपरेको बुझिएको छ । एसओएसका अधिकारीहरुका अनुसार मानव संसाधन विभागले संस्थाको विधान समयानुकूल संशोधन गर्ने प्रक्रिया सुरु गर्न पटक–पटक आग्रह गर्दासमेत शर्माले बिधान परिमार्जन भए आफ्नो अनुकूल नहुने देखेपछि उक्त कुरालाई टार्दैै आएका छन् ।

शर्माका विरुद्द एसओएस अन्तर्राष्ट्रिय कार्यालयमा दर्जनौं उजुरी परेका छन् । तर नेपाल बोर्डलाई आफ्नो अनुचित प्रभाबमा पारेर शर्माले अन्तर्राष्ट्रिय कार्यालयले गरेको छानबिन रिपोर्टलाई सार्वजनिक गर्न दिएका छैनन्। त्यस कार्यका लागि उनले दक्षिण एशिया हेर्ने उनका समकक्षीलाई समेत अनुचित प्रभाबमा लिएको बुझिएको छ ।

भूकम्पको लागि आएको अनुदानबाट पुनर्निमाणकार्यका ठेकेदारहरुसँग साँठगाँठ गरेर भक्तपुरको लोकन्थलीमा महल ठड्याएको शर्मालाई आरोप छ । त्यस्तै भूकम्पको सेरोफेरोबाट कमाएको अकुत सम्पत्ति लुकाउन उनले राजधानीका बिभिन्न स्कुल, कलेज र अस्पतालमा आफन्तका नामबाट समेत लगानी गरेको कुरा यतिबेला एसओएसमा चर्चाको बिषय बनेको छ ।

करिब १ अर्बको पुनर्निर्माण कार्यको नेतृत्व गरेका शर्माले ठेकेदारहरुबाट प्रतिशतको आधारमा कमिशन लिने गरेको कुरा बुझिएको छ । घुमाउरो बाटोबाट भएको अनियमितता लेखा परीक्षणको प्रदिबेदनमा नदेखिने हुँदा छानबिन गर्न कठिनाइ भएको कारण अन्तर्राष्ट्रिय कार्यालयले छानबिन गर्न गठित कमिटीले बिभिन्न सरोकारवाला निकायहरुसँग अन्तरवार्ताको माध्यमबाट सत्यतथ्य बुझ्ने प्रयत्न गरेको थियो ।

एसओएसको केन्द्रीय कार्यालयमा कार्यरत पुराना कर्मचारीकाहरुका अनुसार एसओएसमा शर्माको नेतृत्व अझै पनि लम्बिएको खण्डमा सात हज्जार बालबालिकाको भविष्य अन्योलमा पर्नेछ ।

ठूलालाई चैन, सानालाई सास्ती

करिब आठ महिनाअघिदुव्र्यवहारमा परेकी ‘आमा’ कर्मचारी महतलाई शर्माको निर्देशनमा गिरीले बन्दीजस्तै बनाई राखेका छन् । उनलाई बालग्रामबाट बाहिर निस्कन बन्देज गरिएको उनको गुनासो छ ।शर्माले एसओएस विद्यालय काभ्रेका प्राचार्य रहँदा एक गर्भवती महिलालाई दुव्र्यबहार गरी कसम खान लगाएको हाल अध्ययनको सिलसिलामा विदेशमा रहेका एसओएसका एक पूर्व शिक्षक बताउँछन् ।

एसओएसको नेपाल बोर्ड र केही अन्तर्राष्ट्रिय समकक्षीलाई समेत हातमा लिएरशर्मा आफ्नागलत काम छोप्न सफल भएका छन् । सुर्खेतकी पीडित महिलाले आफूले न्याय नपाएको कारण र अब चुप नलाग्ने बताएकी छन्, न्याय प्राप्तिकोलागि महिला अधिकारकर्मीहरुसँग परामर्श गर्न उनी बिदा लिएर हाल काठमाडौं आएकी छन् ।

महतले अन्तराष्ट्रिय कार्यालयमा गरेको उजुरीको अन्तराष्ट्रिय बिज्ञ सम्मिलित टोलीले छानबिन गरेको भनिए पनि प्रतिवेदनसम्म सार्वजनिक नहुनेले संस्थामा ठूलालाई चैन र सानालाई ऐनको अवस्था रहेको पुष्टि हुन्छ, उनी भन्छिन् ।

एसओएस आफन्तको भर्ती केन्द्र

शर्माले आफू नेतृत्वमा आएपछि दर्जनौं आफन्तहरुलाई संस्थाको विधान र नियमावली मिचेर जागिर लगाइदिएका छन् । काभ्रेको एसओएसको गेट किपरदेखि लिएर एसओएसको उपल्लो तहसम्म शर्माका मान्छे छन् । संस्थाको दोस्रो स्थानमा शर्माका आफ्नै भाइ पुगेका छन् । एसओएसका मानव संसाधन विभागमा कार्यरत एक कर्मचारीका अनुसार शर्माको कार्यकालमा उनका आफन्तहरुले संस्था भरिएको छ ।

यसो हुदा बालबालिका माथि हुने दुव्र्यबहारका घटना सजिलै ढाकछोप गर्न सकिने बुझाई शर्माको रहेको छ । शर्माको नियमित कार्यकाल आगामी फागुनमा सकिदैछ तर एसओएस बालग्राम अन्तर्राष्ट्रियले विगतमा भए–गरेका दुव्र्यबहारका घटनालाई ऐतिहासिक लान्छना भन्दै भबिष्यमा समेत त्यस्ता घटनाको छानबिन गर्नसक्ने प्राबधान बनाएको कारण शर्मा अबकासपछि समेत सुरक्षित हुने उध्येश्यले संस्थाको महत्वपुर्ण स्थानमा आफ्ना मान्छे नियुक्त गर्न लागिपरेको बताइन्छ ।

याे पनि…

एसओएस सुर्खेतकी ‘आमा’ पीडित

प्रतिक्रिया दिनुहोस्