छत्रपाटी निःशुल्क चिकित्सालयले थप्यो प्याथोलोजी सुविधा, रिपोर्ट मोबाइलमै पाइने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप गरेको छ । बिरामीहरुको उच्चतम सुविधालाई र उचित स्वास्थ उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ ल्याबले सो सुविधा थप गरेको हो ।

शनिबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सभासद वसन्त मानन्धरले उक्त ल्याबको समुद्घाटन गरेका छन् । यस प्याथोलोजी ल्याबले अब बिरामीहरुको रिपोर्ट मोबाइलमा पाउने सुविधा पनि थप भएको छ ।

बागमती प्रदेश सभाका सभासद मानन्धरको प्रदेश पूर्वाधार विकास कार्यक्रमको कोषबाट प्राप्त ५० लाख सहयोगबाट अत्याधुनिक ल्याबको सुविधा थप गरेको हो । जनताले तिरेको करबाट प्राप्त भएको रकम जनताको सेवामा विनियोजित गर्ने माध्यम मात्र भएको बताउँदै उनले आगामी दिनहरुमा स्वास्थ क्षेत्रमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

डेगुंदेखि विश्वव्यापी फैलिएको कोभिडको उपचारमा यस चिकित्सालयको महत्वपूर्ण भूमिका खेलेको बताउँदै कोभिडविरुद्धका खोप सर्वसाधारणहरुमा सहज रुपमा पु(याइरहेको चिकित्सालयका अध्यक्ष डा। मनोजमान श्रेष्ठले बताए । निम्न आय भएका नागरिकहरुका लागि स्वास्थ्य क्षेत्रमा राज्यबाट सञ्चालित मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम चिकित्सालयबाट पनि सञ्चालन गर्न इच्छुक भएको अध्यक्ष श्रेष्ठले बताए ।