नेपाल बार सल्लाहकार समितिको बैठकमा ‘धमलाको हमला’ (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

नेपाल बार एसोसिएसन सल्लाहकार समितिको बैठकमा पत्रकार ऋषि धमलाले हमला गरेका छन् ।  बैठक चलिरहेका बेला पत्रकार धमला एक्कासि प्रवेश गरेपछि बैठकमा उपस्थित वकिलहरू आश्चर्यचकित भएका थिए ।

पत्रकार धमलाले भिडियो टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको बताउँदै बैठकमा उपस्थितहरूको प्रतिक्रिया लिन खोजेका थिए ।

बिना अनुमति प्रवेश गरेको भन्दै बारको माहौल तातिएपछि पत्रकार धमलालाई हल बाहिर पठाएर ढोका बन्द गरे । यसपछि पत्रकार धमला फन्नी मुडमा सारा जनताको ध्यान सर्वोच्चतिर भएको भन्दै थिए, भिडियो पनि बन्द गरे ।

भिडियो : दीपक अर्यालको फेसबुकबाट