प्रधानाध्यापकको भत्ता विद्यालयको कोषमा


सरिता चलाउने, सल्यान  । 

सल्यानमा एक विद्यालयका प्रधानाध्यापकले आफूले राज्य बाट पाउने भत्ता बिद्यालयको कोषमा जम्मा गर्ने बताउनु भएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिकाको डोर चौरमा रहेको श्री निराजन माध्यामिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले आफूले राज्यबाट पाउँदै आएको प्रअ भत्ता बापतको रकम विद्यालयको आत्मनिर्भर कोषमा जम्मा गर्ने बताउनु भएको हो ।

विद्यालयमा न्युन दरबन्दी रहेको र आर्थिक समस्याले शैक्षिक सुधार गर्न बाधा पुगिरहेको बेला आफुले पाउने प्रअ भत्ताकोषमा जम्मा गर्ने बताउनु भयो । विद्यालयलाई आफ्नै स्रोत साधनयुक्त गराउन र आर्थिक रूपले आत्मनिर्भर बनाउने उद्देश्यका साथ बिद्यालयमा कोष खडा गरि सुरुवात गरिएको बताउनु भयो । उक्त कोषमा केही रकम जम्मा भैसकेको र आगामी दिनमा यसलाई मूर्तरूप दिने बताउनु भयो । उक्त कोषमा आफुले पाउने प्रअ भत्ता विद्यालयको कोषमा जम्मा गरि निराजन मा बिको आत्मनिर्भर कोषलाई ठुलो बनाउँन बिद्यालय, संघसंस्था, समाजसेवी, शिक्षा प्रेमीलगायत सरोकारवाला निकायले सहयोग गर्ने विश्वास गर्नुभयो ।

प्रअ घर्तिले भन्नु भयो, विद्यालयको शैक्षिक सुधारमा बाधा पुगेको छ ,यो बिद्यालय जिल्लाकै आर्थिक,शैक्षिक गतिबिधिमा नमुना बिद्यालय बनाउने मैले सपना देखेको छु, जसको सुरुवात मैलै आफू बाट गरेको छु । मेरो आउने प्रअ भत्ता सबै आत्मनिर्भर कोषमा जम्मा गर्ने छु । सबैको सहयोगले विद्यालय र विद्यार्थीको भबिष्य उज्वल बनाउनमा सहयोग पुग्ने प्रअ घर्तिले बताउनु भयो । विद्यालयको आत्मनिर्भर कोष बिधालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष, प्रधानाध्यापक र लेखापालको संयुक्त नाममा संचालन गरिनेछ कोषमा जम्मा भएको रकमको ब्याज बाट विद्यालयको आन्तरिक स्रोतका शिक्षकको तलव भत्ता र विद्यालयको आवश्यक काम काजमा खर्च गरिने प्रअ घर्तीले बताउनु भयो  ।