पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

8.46k
Shares

न्युज अफ नेपाल, काठमाडौं।

पछिल्लो २४ घण्टामा देशभर थप १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिनन प्रयोगशालामा १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।