सल्यानमा जीपको ठक्करबाट २ विद्यार्थीको मृत्यु

714
Shares

न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा डबल क्याप जिपले ठक्कर दिँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका – ६ बरलाका अन्दाजी १८ बर्सिया रेखा बुढाथोकी, सोही ठाउँका १८ बर्सिया सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बागचौर देखि सल्यान खलङ्गा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका –२ बाङ्गे सल्लामा शुक्रवार बिहान रुखको छहारीमा बसी रहेका पाँच जना  विद्यार्थीलाई  गम्भीर घाइते बनाएको थियो  ।

उनीहरू ५ जना मध्य दुई जनाको उपचारको क्रममा रापती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

अन्य घाइते उनहरूमा शारदा नगरपालिका ६ बरलाका अन्दाजी १८ बर्सिया मिना परियार,  १६ बर्सिया सुशीला नेपाली, १८ बर्सिया दिपा बुढाथोकीलाई थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको उनले बताए ।

उनीहरूको अवस्था पनि गम्भीर  रहेको प्रहरीले जनाएको छ । घाइते सबै विद्यार्थी शितलपार्टीमा रहेको शिव जन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन । उनीहरू विद्यालय आउँदै गर्दा छहारीमा बसी रहेका थिए । जिपको ओभर स्पिडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ