माधव नेपाल अस्पताल भर्ना

4.3k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधबार राति उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।

हालको अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएको स्रोतले जनाएको छ ।

अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली उनको उपचारमा संलग्न रहेको छ ।