काठमाडौंमा २७० जनामा कोरोना संक्रमण पुष्टि, २,४९६ सक्रिय संक्रमित

16.26k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ४४ र ललितपुरमा ६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै आज उपत्यकामा ३८३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४४४२ रहेको छ।

तीमध्ये काठमाडौंमा २४९६, भक्तपुरमा ८१३ र ललितपुरमा ११३३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।