पूर्व आईजीपीको घरबाट एभोकाडो चोर्ने १२ युवा पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, समिर तामाङ उर्फ वादशाह, सुनसरीका मोहित दाहाल, झापाका प्रदिप यादव, रामेछापका शंकर कठायत, रामेछापका सञ्जीव खड्का, हेटौंडा घर भएका २० वर्षीय राजेश राई, राजिव गुरुङ, काभ्रेका यमबहादुर तामाङ, देव तामाङ लगाएत छन् ।

उक्त समूहले नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल बोहराको निवास र काठमाडौंका विभिन्न स्थानबाट एभोकाडो चोर्दै फलफूल पसलमा सस्तो मूल्यमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । अपराध महाशाखा र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले सहित १२ जनालाई पक्राउ गरेको हो ।उनीहरुले विगत ३ वर्षदेखि काठमाडौंका विभिन्न घरबाट एभोकाडो चोर्दै आएको अनुसन्धानबाट खुलेको छ ।