सशस्त्र प्रहरीका डिआईजीको सरुवा, को कहाँ ?


काठमाडौं ।

सशस्त्र प्रहरीका डिआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गरेका हुन् ।

सरुवा हुनेमा डिआईजीहरु राजु अर्यालको सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १ नम्बर प्रदेश, शम्भु सुवेदी ४ नम्बर प्रदेश, दुर्गा भट्टराई ७ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश, किशोर प्रधान ३ नम्बर प्रदेश, वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन् ।

प्रहरी महानिरीक्षकको सचिवालयमा मन्दीप श्रेष्ठको सरुवा भएको छ भने डिआईजी अभिकुमार खत्रीलाई सुर्खेतमै यथावत राखिएको छ । डिआईजीहरु नारायणदत्त पौडेल र सिपी गौतमको सशस्त्र प्रहरी मुख्यालयमा सरुवा भएको छ ।