अस्ट्रेलियामा भूकम्प, ठूलो क्षति भएन

94
Shares

सिडनी,(एजेन्सी) ।

दक्षिण पूर्वी अस्ट्रेलियामा आएको ५ दशमलव ८ रेक्टर स्केलको भूकम्पका कारण मेलवर्न शहरका भवनहरू क्षतिग्रस्त भएका छन् ।

स्थानीय समयअनुसार बुधबार राति करिब ९ बजेर १५ मिनेट जाँदा भिक्टोरियन राज्यको राजधानी नजिकको म्यान्सफिल्डमा भूकम्प गएको हो । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले भूकम्पका कारण कुनै गम्भीर क्षति भएको खबर प्राप्त नभएकाले निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् । भूकम्पको धक्का नजिकैका साउथ अस्ट्रेलिया र न्यु साउथ वेल्स ( एनएसडब्ल्यू ) मा पनि महसुस भएको बताइएको छ ।

यसपछि ४ र ३ दशमलव १ रेक्टर स्ेकलका पराकम्प आएको पनि बताइएको छ । केही वर्षयता अस्ट्रेलियामा आएको यो सबैभन्दा ठूलोे भूकम्प हो । अमेरिकाबाट मोरिसनले अस्ट्रेलियामा भूकम्पलाई अस्वाभाविक घटनाको रूपमा लिइने गरेको यो घटना निकै विनाशकारी हुनसक्ने बताएका छन् ।

भिक्टोरिया राज्यको आपतकालीन उद्धार सेवाले स्थानीय जनतालाई पराकम्पनहरू आइरहन सक्ने भएकाले सजग रहन आह्वान गरेको छ ।