नयाँ चिनियाँ फोन नकिन्नु, पुरानो फाल्नु : लिथुआनिया


भिल्नियस, (एजेन्सी) ।

लिथुआनियाको रक्षा मन्त्रालयले उपभोक्ताहरूलाई चिनियाँ मोबाइल नकिन्न र तथा जनतालाई आफूसँग भएका फोन पनि प्रयोग नगरी फाल्न निर्देशन दिएको छ । सरकारी प्रतिवेदनमा चिनियाँ मोबाइल फोनमा सेन्सर गर्ने क्षमतायुक्त प्रविधि रहेको उल्लेख गरेको छ ।

युरोपमा व्यापक परिमाणमा बिक्री वितरण भइरहेको चीनको स्मार्टफोन निर्माण कम्पनी सियाओमीका फोनहरूमा ‘स्वतन्त्र तिब्बत’, ‘ताइवानको स्वाधीनता जिन्दावाद’ वा ‘प्रजातन्त्र आन्दोलन’ जस्ता वाक्यांशलाई पहिचान र सेन्सर गर्न सक्ने प्रविधि जडान गरिएको लिथुनियाको साइवर सुरक्षा निकायले मंगलबार जनाएको छ ।

रक्षा मन्त्रालयको साइबर सुरक्षा केन्द्रले जनाएको छ, ‘सियाओमीको एमआई १०टी ५ जी फोनको सफ्टवेयर युरोपेली संघको क्षेत्रमै बन्द गरिएको छ । तर कुनै पनि समय एकै छिनलाई भने खोल्न सकिने छ ।’

एप रक्षामन्त्री मार्गिरिस अबुकेभिसियसले पत्रकारहरूलाई बताएका छन् – ‘हामी कुनै पनि नयाँ चिनियाँ मोबाइल फोन नकिन्न र भएका बाट पनि टाढै बस्न सल्लाह दिन्छौं ।’ यस विषयमा अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले सोधखोज गर्दा सियाओमीले कुनै पनि प्रतिक्रिया दिएको छैन । अहिले चीन र लिथुनियाबीचको कूटनीतिक सम्बन्ध पनि चिसिएको अवस्था रहेको छ ।

ताइवानले लिथुनियास्थित आफ्नो मिसनलाई ताइवानी प्रतिनिधि कार्यालय नामाकरण गरिने घोषणा गरेपछि गत महिना चीनले ताइवानलाई बेइजिंगस्थित ताइनवानी दूत फिर्ता लान माग गर्दै आफूले पनि ताइवानबाट आफ्नो दूत फिर्ता बोलाउने जनाएको थियो ।