अक्टोवरदेखि भारतले पुनः कोभिडको खोप निर्यात गर्ने



नयाँदिल्ली,(एजेन्सी) ।

भारतीय स्वास्थमन्त्री मनसुख मान्दाभियाले भारतले आगामी अक्टोवरदेखि पुनः कोभिड १९ विरुद्धका खोप निर्यात थालनी गर्ने मंगलबार बताएकी छन् । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुक मानिने भारतले आफ्नै मुलुकमा बढ्दो संक्रमणको घटनाका कारण खोपको घरेलु माग अप्रत्यासित रूपमा बढ्न थालेपछि गत अप्रिलमा खोप निर्यात कार्य रोकेको थियो । संयुक्त राज्य अमेरिका, भारत, जापान र अस्ट्रेलिया सम्मिलित समूह क्वाडका नेताहरूको शिखर बैठकमा भाग लिन मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वासिंगटनतर्फ प्रस्थान गर्ने क्रममा खोप निर्यातको घोषणा सार्वजनिक भएको हो ।

भारतीय वरिष्ठ सरकारी अधिकारीहरूले उक्त शिखर बैठकमा खोपबारे पनि छलफल हुनसक्ने बताएका छन् ।

मान्दाभियाले अक्टोवरमा मुलुकले ३० करोडभन्दा बढी डोज खोप उत्पादन गर्ने लक्ष्य लिएको र मुलुककै खोप अभियानमा प्रयोग भएर बाँकी रहेको खोप कोभिड १९ विरुद्धको विश्वव्यापीरूपमा लड्न अभियानअन्तर्गत अन्य मुलुकहरूमा निर्यात गरिने बताएकी छन् ।

उनले पत्रकारहरूलाई बताएकी छन् – ‘हामीले विश्वलाई सहयोग गर्नेछौं र कोभ्याक्सको माध्यमले हाम्रो उत्तर दायित्व पनि पूरा गर्नेछौं । ग्लोबल भ्याक्सिन एलायन्स (गाभी), वल्र्ड हेल्थ अर्गनाइजेसन( डब्ल्युएचओ) र कोलिसन फर एपिडेमिक प्रिपेर्डनेस इन्नोभेसन (सीइपीआई) को नेतृतवमा विश्वभरि कोभिड खोप पु¥याउने उद्देश्यले बहुराष्ट्रिय कदमको रूपमा कोभ्याक्स कार्यक्रम सञ्चालन गरिएको छ । यसै महिनामात्र पनि घरेलु खोप उत्पादनकर्ताहरूले २६ करोड डोज खोप तयार गर्दैछन् ।’

भारतको सन् २०२१ को अन्त्यसम्ममा सम्पूर्ण वयस्कलाई पूरा डोज खोप लगाइसक्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्