चीनमा टिकटकको अर्को संस्करण दोउयिन नियन्त्रित



बेइजिङ,(एजेन्सी) ।

बालबालिकाका लागि चीनको टिकटकको अर्को संस्करण दोउयिनको निश्चित प्रयोग समय तोकिएको छ । अब देखि चिनियाँ बालबालिकाले दिनको चालिस मिनेट मात्र दोउयिनमा रमाउन पाउने भएको छ । यो नयाँ नियम चौध वर्षमुनिका प्रयोगकर्ताहरूका लागि तोकिएको हो । तिनीहरूले आफ्नो वास्तविक नाम प्रयोग गरे मात्र यसलाई चलाउन पाउनेछन् । यसका अलावा तिनीहरूले साँझ ५ बजे देखि ८ बजेभित्र मात्र यसको प्रयोग गर्न पाउनेछन् ।

यसको मूल कम्पनी बाइटडान्सले आफ्नो ब्लग पोस्टमा यसको एपको युथ मोड राखेको छ । साथै भिडियो कम्पनी उद्योग दुनियाँमा यस्ता नियमहरूमा बाँधिने बाइटडान्सले आफूलाई पहिलो छोटो – भिडियो कम्पनी भएको पनि दाबी गरेको छ ।

चीनले किशोर किशोरीमाथि डिजिटल प्रविधि प्रयोगमा नियन्त्रण राख्ने नीति लिएअनुरूप यी नयाँ नियमहरू सार्वजनिक भएका हुन् । दोउयिनको प्रयोग सम्झौताअनुसार प्लेटफर्ममा कुनै न्युनतम उमेर तोकिएको छैन । तर, १८ वर्षमुनिका बालबालकाले भने यसको प्रयोगका लागि आफ्ना एक वैधानिक अभिभावकको अनुमति लिनुपर्ने बताइएको छ । त्यस्तै, बाइटडान्सकै टिकटकमा भने प्रयोगकर्ताको न्युनतम उमेर १३ वर्ष तोकिएको छ ।

गत महिनामात्र चीनमा १८ वर्षमुनिका बालबालिकाहरूले साताभरि नै भिडियो गेम खेल्न नपाउने नियम बनाइएको थियो । नयाँ नियमअनुसार तिनीहरूलाई शुक्रबार, सप्ताहान्त र सार्वजनिक बिदाका दिन एक घन्टामात्र भिडियो गेम खेल्ने छुट दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्