वोस्टनकै सबैभन्दा पातलो घर बिक्री

5.45k
Shares

न्युयोर्क,(एजेन्सी) ।

अमेरिकाको वोस्टनस्थित सबैभन्दा पातलो घर १२ लाख ५० हजार अमेरिकी डलरमा बिक्री भएको छ । यो घर गृहयुद्धको समय एउटा परिवारको आपसी कलहका कारण बन्न पुगेको कहावत रहेको छ । गृह युद्धबाट फर्केका एकजना अमेरिकी सैनिकले आपूmलाई अलिकति मात्र जग्गा भाग बाँकी राखेर आफ्नो दाजुले मृतक पिताका जग्गामा ठूलो घर बनाएको पाएपछि ती व्यक्तिले त्यही थोरै जग्गामा यो घर बनाएको कहावत छ ।

दि वासिंगटन पोस्ट र सीबीएस वोस्टनका अनुसार आफ्नो दाजुका घरको घामाका उज्यालो छेक्न तिनले यो ‘स्पाइट हाउस’ उपनामको घर बनाएका थिए । ४४ हल स्ट्रिटको यो घर मूल्य १२ लाख डलर तोकेर बिक्रीमा राखिएको थियो । सीएल प्रपटीजका कार्यकारिणी उपाध्यक्ष ट्राभिस साक्सले बिहिबार यो घर बिक्रीभएको र खरिदकर्ताले अब ती झगडालु दाजुभाइजस्तै रहन सक्ने बताएका छन् ।

खरानी र हल्का हरियो रंगको तथा १ हजार १ सय ६५ वर्ग फिटको यो घरमा दुईवटा शयन कक्ष, एउटा स्नानगृह, एउटा निजी बगैंचा र बस्न मिल्ने खालको एउटा सानो छाना छ । यसको सबैभन्दा फराकिलो चौडा १० फिट र साँघुरो भाग ६ दशमलव २ फिट छ ।