मस्तिष्क स्वरूपको पोशाकमा म्याराथुन



लन्डन,(एजेन्सी) ।

वेलायतका एकजना पुरुष धावकले मानव मस्तिष्क स्वरूपको पोशाक लगाएर लन्डन म्याराथुन पूरा गरी गिनिज वल्र्ड रेकर्ड राख्ने लक्ष्य लिएका छन् । मस्तिष्कमा चोट लागेकाहरूका लागि स्थापित च्यारिटी हेडवेका कोष संकलन व्यवस्थापक ब्राइस अल्फोर्डलाई पछिल्ला केही दिनदेखि शरीर पूरै ढाक्ने मानव मस्तिष्क स्वरूपको लुगा लगाएर वेलायतको जर्सीस्थित सडकहरूका दौडिरहेका पटक पटक देखिएका छन् ।

आगामी ३ अक्टोवरमा आयोजना हुने लन्डन म्याराथुनका लागि अभ्यास गरिरहेका अल्फ्रेडसँग बसेर सेन्ट हयिर शहरका प्रहरी अधिकारीहरूले तस्वीर खिच्ने गरेको पनि देखिन्छ । उनले त्यस्तो पोशाक लगाएर सबैभन्दा छिटो दगुर्ने व्यक्तिको रूपमा गिनिज रेकर्ड तोड्ने प्रयास गर्न लागेका हुन् ।

उनले यसअघि सन् २००३ मा ट्रेडमिलमा सय किलोमिटर दूरी तीव्र गतिमा दौडेर गिनिज रेकर्ड राखेका थिए । उनले आर्तिभि न्युजलाई भनेका छन् – ‘मैले मस्तिष्कमा चोट पुगेका व्यक्तिहरूले कस्तो महसुस गर्छन् भन्ने सन्देश दिन यस्तो पोशाक तयार गराएको हुँ । मानिसहरू आफ्नै मस्तिष्कभित्र कसरी पीडादायी ढंगले फसेका हुन्छन् भन्ने देखाउन पनि मैले यस्तो पोशाक लगाएको हुँ ।

प्रतिक्रिया दिनुहोस्