बँदेललाई थापेको विद्युतीय धरापमा परी एकै परिवारका ३ जनाको मृत्यु

1.3k
Shares

न्युज अफ नेपाल, बर्दिया ।

बर्दियामा बँदेललाई थापेको विद्युतीय धरापमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । शुक्रबार राति धान खेतमा बँदेल लगायतको जंगली जनावर धपाउन बिछाएको विद्युतीय धरापमा (पासो) परी एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती रहका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनीहरु गएराती १२ बजेको समयमा विद्युतीय धरापमा परेको पनि प्रहरीले बताएको छ । घटनाको ईलाका प्रहरी कार्यालय भुरिगाउँले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाइएको छ ।