विमानभित्र सहयात्रीलाई हमला गर्ने महिला पक्राउ



न्युयोर्क,(एजेन्सी) ।

गत ११ सेप्टेम्बरको दिन स्पिरिट एयरलायन्सको उडानमा रहेकी एक महिलालाई सँगै यात्रा गरिरहेका एक व्यक्तिलाई मुड्की हिर्काउँदै ‘मुस्लिम आतंककारी’ भनेका कारण प्रहरीले गिरफ्तार गरेको छ । ती महिलालाई अमेरिकाको डेट्रोइटमा पक्राउ गरिएको हो । ती नाम नखुलाइएका महिलालाई एक काला जातिका महिलालाई शारीरिक आक्रमण गर्दै आतंककारीको मुस्लिम लाञ्छना लगाइएको अभियोग लगाइएको छ ।

अमेरिकाको एउटा नागरिक अधिकारवादी समूहले स्थानीय प्रशासनलाई एक अफ्रिकी –अमेरिकी मुस्लिम महिलालाई मौखिक र शारीरिक आक्रमण गरेका कारण ती महिलाविरुद्ध घृणा अपराध अभियोग लगाउन दबाब दिइरहेको बुझिएको छ । अमेरिकाको एटलान्टाबाट डेट्रोइटतर्फ उडेको विमानभित्र सो अप्रिय घटना घटेको थियो ।

अमेरिकी – इस्लामिक सम्बन्ध (सीएआइआर) को मिचिगन शाखाले ती गोरा जाितका महिलामाथि समाजमा धार्मिक घृणा फैलाउन खोजेको आरोपमा कडा कारबाही गर्न वायने काउन्टिलाई दबाब दिएको छ ।

बुर्का लगाएकी आइचा टुरे नामक महिलामाथि कल साइन ३८०७ बोकेको स्पिरिट एयरलायनसको उडानमा अचानक त्यसरी आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्