साइनिङ पाथका नेता गुज्मानको निधन



लिमा,(एजेन्सी) ।

पेरुको लडाकु समूह साइनिङ पाथका संस्थापक नेता एविमाएल गुज्मानको ८६ वर्षको उमेरमा निधन भएको छ । दर्शनशास्त्रका पूर्व प्राध्यापक गुज्मानले सन् १९९२ देखि राष्ट्रदोह र आतंकवादको आरोपमा आजीवन कारावास सजाय भोग्दै आएका थिए ।

गत जुलाईमा स्वास्थमा केही जटिलता देखिएपछि उनलाई अत्यन्तै कडा सुरक्षा प्रबन्ध भएको कारागारबाट अस्पतालमा सारिएको थियो । पेरभियाली सरकार र माओवादी गुरिल्ला समूह साइनिङ पाथबीच भएको एक दशकभन्दा लामो द्वन्द्वमा झण्डै ७० हजार मानिसले ज्यान गुमाएका थिए ।

गुज्मानको गिरफ्तारीबाट यो समूह नराम्ररी प्रभावित भए पनि अझै साइनिङ पाथका केही सदस्यहरू कोका उत्पादन हुने क्षेत्रमा सक्रिय रहेका छन् । गुज्मानको जन्म सन् १९३४ को डिसेम्बरमा पेरुको दक्षिणी समुद्री तट नजिकको मोल्लेन्डो शहरमा एकजना धनी महाजनको छोराको रूपमा भएको थियो ।

सानैमा आमको निधन भएपछि उनलाई पिताले हुर्काएका थिए । सन् १९६५ मा चीन भ्रमणको क्रमम कम्युनिस्ट नेता माओत्सेतुंगबाट निकै प्रभावित भएपछि उनले स्वदेशमा त्यस्तै विचारधाराकाको समूह खडा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्