टाउको काटिएका सैनिक सामु नाच्दै तालिवान लडाकुहरु



कावुल,(एजेन्सी) । 

अफगानिस्तानका तालिवान लडाकुहरुले एकजना अफगान सैनिकको टाउको काटेर त्यसको केश समाउँदै आफ्ना नेताको स्तुति गाउँदै रमाइरहेको भिडियो फुटेज एउटा निजि तालिवान च्याटरुममा पोस्ट गरिएको छ । वासिंगटन एक्जामिनरले प्राप्त गरेको यो ३६ सेकेन्डको भिडियो एक साता अघि पोस्ट गरिएको हो । तर यो भिडियो कहिले खिचिएको भन्ने स्पष्ट छैन । जेहोस् अफगानिस्तान कब्जा गरिसकेकपछि १७ अगष्टमा तालिवान नेताहरुले सम्पूर्ण सरकारी कर्मचारीलाई क्षमा दिइने तथा महिलाहरुको रक्षा गरिने प्रतिवद्धता जाहेर गरेका थिए ।

सो भिडियोमा शि विहिन एक पुर्व सैनिक प्रमुखको शव वरपर तालिवान लडाकुहरुले खुशी मनाइरहेको देखिन्छ । तालिावन प्रवक्ता जविहुल्लाह मुजाहिदले भनेका थिए , ‘ म संयुक्त राज्य अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायलाई कसैलाई पन हानी नपुर्‍याइनेबारे विश्वस्त पार्न चाहुन्छुं । हामी कुनै पनि आन्तरिक वा बाह्य शत्रु बनाउन चहन्नौं । ’

सो भिडियोमा पाँच पुरुषले राइफल बोकेको , छैंठौंले एउटै हातले दुईवटा रक्ताम्य छुरा समाएको र सातौं व्यक्तिले फिल्म खिचिरहेको देखिन्छ । तिनीहरु शिरविहिन शवको ढाडमा बसिरहेको पनि देखिन्छ । अफगानिस्तानको राजनीतिक परिस्थिती माथि अहिले अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्