अमेरिकामा २००१ सेप्टेम्बर ११ आक्रमणको स्मरण


वासिंगटन,(एजेन्सी ) ।

संयुक्त राज्य अमेरिकाले सन् २००१ को ११ सेप्टेम्वरमा भएको आतंककारी हमलामा मारिएका पिडित जनतालाई संस्मरण गरिरहेकाबेला शनिवार राष्ट्रपति जो बाइडेनले मुलुक एकताका लागि आब्हान गरेका छन् । अलकायदाको नेता ओसामा विन लादेनको निर्देशनमा लडाकुहरुले यात्रुवाहक विमान अपहरण गरी अ‍ेमरिकाको ट्विन टावर लगायत अन्य स्थानमा आत्मघाती आक्रमण गरेका थिए ।

सो भयावह र दुखद घटनाको बिसौं वार्षिक कार्यक्रमको पुर्वसन्ध्यामा सार्वजनिक गरिएको एउटा भिडियोमा ज्यान गुमाउने २ हजार ९ सय ७७ प्रति श्रद्धान्जली व्यक्त गर्दै बाइडेनले भनेका छन् , ‘ हामी आफ्नो ज्यान जोखिममा परेका र केहि मिनेट , घन्टा, मिनेट र वषौंपछि पनि सो घटनाका कारण ज्यान गुमाउनेहरु प्रति सम्मान प्रकट गर्दछौं । ’

बाइडेन वल्र्ड ट्रेड सेन्टरको कुनै समय ट्विन टावर रहेको तथा ११ सेप्टेमवरमा विमान ठोकाइएपछि ध्वस्त भएका ति टावरको न्युयोर्क स्थित क्षेत्रमा आयोजना भएको कार्यक्रममा सहभागी भएका छन् । यस कार्यक्रममा उनले कुनै भाषण दिएका छैनन् ।

शुक्रवार नै उनले भिडियोमा भनेका छन् , ‘ जतिसुकै समय बितिसके पनि , यि स्मरण कार्यक्रमले सम्पूर्ण दुखद घटना केहि सेकेनड अघि मात्र घटेजस्तो ताजा बनाइदिन्छ । ’

उक्त आक्रमणमा ६७ जना वेलायती नागरिकको पनि ज्यान गएको थियो । वेलायती प्रधानमन्त्री बोरिस जोहन्सनले सो घटनाले आफुहरुको स्वतन्त्रता र प्रजातन्त्र प्रतिको विश्वास हल्लाउन नसकेको प्रतिक्रिया दिएका छन् ।