चितवन कांग्रेसको सचिव पदका उम्मेदवार दीपक अधिकारी मोष्टवान्टेड सूचीमा


न्युज अफ नेपाल, काठमाडौ ।

कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसंग कारोवार गरे वापतको रकम नतिरेपछि प्रहरीको मोस्ट वान्टेट सूचीमा परेका चितवन कांग्रेस कार्यकर्ता दीपक अधिकारीलाई पक्राउ गर्न प्रहरीले टोली परिचालन गरेको छ ।

कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसंग चितवनको भरतपुरमा रहेको अस्किना केवल नेटर्वक प्रालि संचालन गर्दै आएका अधिकारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला कार्यसमिति चितवनको सचिव पदमा उम्मेदावरी दिएका छन ।

सो कम्पनीलाई तिर्नुपर्ने करिव १ करोड ५० लाख रुपिया तिर्नुपर्ने अधिकारी र अर्का संचालक मिलन गुरुङले पैसा नतिरी भाग्दै आएका थिए ।

बिभिन्न मितिमा अधिकारी र गुरुङले कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिलाई उक्त रकम बराबरको चेक दिएको भएपनि उक्त चेक नसाटिएपछि सो कम्पनीले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गरेको थियो ।

प्रहरीले उनीहरुलाई पटक पटक मुद्धाको बारेमा जानकारी गराउदा समेत वास्ता नगरेपछि जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी गरी उनीहरुको खोजीलाई तीव्र बनाएको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइराला र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसंग चिनजान भएको भन्दै अधिकारीले प्रहरी प्रसासनलाई समेत प्रभावित पार्न खोजेको पीडित सुरेशप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।