नमिल्ने लुगा लगाएको भन्दै युवतीलाई विमानबाट निकालियो



न्युयोर्क,(एजेन्सी)।

अमेरिकामा पहिरन नराम्रो भन्दै रे लिन होवार्ड नामक एक युवतीलाई अलास्का एयरलायन्सको एउटा उडानबाट जबर्जस्ती निकालिदिएको टिकटक भिडियो भाइरल भएको छ । संगीतकार होवार्डको यो भिडियो १३ लाखभन्दा बढीपटक हेरिईसकेको छ । लुगा लगाएकै मिल्दैन भने उनलाई पहिला फ्लाइट एटेन्डेन्टले विमानबाट ओर्लिन अनुरोध गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरी प्रयोग गरेर विमानबाट निकालिएको हो ।

सो भाइरल भएको भिडियो फुटेजमा प्रहरीले उनलाई अघि बढाउँदै गरेको देखिन्छ भने उनको अफ क्यामेरामा उनले एक पुरुष प्रहरी अधिकारीसँग कुरा गरिरहेको सुनिन्छ । शुरूमा ह्वाइट कट्टु र क्रोप टि– सर्ट लगाएकी होवार्डले सिटमा बसिसकेपछि आफूले सर्ट खोलेर स्पार्टस ब्रा मात्र लगाएको कुरा स्वीकारेकी छन् । उनले फ्लाइट एटेन्डेन्सको अनुरोधअनुसार आफूले पुनः कमिज लगाएको तर फेरि एयरलाइन्सका कर्मचारीहरूले पेट देखाएको भन्दै लुगाकै विषयलाई लिएर अनावश्यक किचकिच गरेको बताएकी छन् ।

भिडियोमा एकजना अधिकारीले कुनै अपराध कार्यका लागि नभई पोशाक नियमको कारणले मात्र उनलाई विमानबाट निकालिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्