प्रहरीले लखेटेको भ्यानबाट लास झर्‍यो



न्युयोर्क,(एजेन्सी) ।

अमेरिकाको एटलान्टा निवासी एक पुरुषले चिहानको पार्किङ स्थलमा रहेको मुर्दाघरको भ्यान चोरेर भागेका छन् । स्थानीय प्रशासनका अनुसार प्रहरीले उनलाई जर्जिया हुँदै लखेट्दै जाँदा सो भ्यानबाट सडकमा एउटा लास झरेको प्रहरीले जनाएको छ ।

कोन्यर्स प्रहरीका अनुसार ती २३ वर्षीय किजोन ग्रिफिन नामक काला जातिका युवकलाई विभिन्न अपराधका लागि प्रहरीले लामो समयदेखि खोजिरहेको थियो । स्टोकब्रिजस्थित स्टान हेन्डर्सन एन्ड सन्नस मुर्दाघर तथा त्यो भ्यानका मालिक स्टान हेन्डर्सनले फोक्स ५ एटलान्टालाई लासले पनि शान्तिसँग बस्न नपाउनु निकै घिनलाग्दो काम ग्रिफिनले गरेको बताएका छन् ।

कोनयर्स शहरदेखि डिकाल्व काउन्टितर्फ प्रहरीले लखेट्दै जाँदा अन्य थुप्रै सवारी साधनसँग ठोकिए भ्यानको टायर पन्चर भएपछि ग्रिफिन नजिकैको जंगलमा भागेका थिए । तर, प्रहरी सो क्षेत्रमा व्यापक खोजी गर्दा पनि उनलाई फेला पार्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्