चीनमा प्राइभेट ट्युसन प्रतिबन्धित



साँघाइ,(एजेन्सी) ।

चीनमा सरकारले बुधबारदेखि अनलाइनमार्फत विद्यार्थीहरूलाई प्राइभेट ट्युसन पढाउन नपाउने नियम लागु गरेको छ । पैसा कमाउने उद्देश्यले ट्युसन व्यवसाय चलाउन नदिने उद्देश्यले यस प्रतिबन्धित कानुनअनुसार अबदेखि शिक्षक शिक्षिकाहरूले ट्युसन पढाउनकै उद्देश्यले आधिकारिकरूपमा दर्ता नगरिएका कुनै पनि स्थानजस्तै आवासीय भवन, होटेल वा कफी सपमा समेत ट्युसन पढाउन पाइने छैन ।

सम्बन्धित शैक्षिक निकायले बालबालिका तथा अभिभावकहरूमाथिको दबाब हटाउने उद्देश्यले विद्यालयका विषयगत पाठ्यक्रममा आर्थिक आय आर्जनको लक्ष्य लिएर यसरी ट्युसन पठाउन नपाइने कडा नीति कार्यान्वयन गरिएको जानकारी दिएको छ ।

प्रतिस्पर्धात्मक उच्च शिक्षा प्रणालीका कारण अभिभावकहरू माझ आफ्ना सन्तानलाई प्राइभेट ट्युसन पढाउने गलत फेसनको विकास भएको थियो । शिक्षा मन्त्रालयले केही स्थानमा तत्कालै ट्युसन व्यवसायलाई भूमिगत तरिकाले सञ्चालन गर्न लागेको जानकारी प्राप्त भएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्