मेक्सिकोमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प


एजेन्सी ।

मेक्सिकोमा मंगलबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अकापुल्को सहरनजिकै केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको हो । मानवीय क्षतिबारे भने जानकारी आएको छैन ।

मेक्सिकोका राष्ट्रपति म्यानुयल लोपेज ओब्राडेरले भूकम्पका कारण चट्टान खसेर पर्खालहरू भत्काएको जानकारी दिएका छन् । उनका अनुसार भूकम्पले ठूलो क्षति भने पुर्‍याएको छैन । ‘धन्न ठूलो क्षति भने भएको छैन । भूकम्पका कारण मानवीय क्षति भएको जानकारी अहिलेसम्म आएको छैन,’ उनले भने ।