कारागारमा आगलागी हुँदा ४० कैदीबन्दीको मृत्यु, ५० बढी घाइते


एजेन्सी ।

इन्डोनेशियाको बैंटन प्रान्तमा रहेको कारागारमा आगलागी हुँदा ४० कैदीबन्दीको मृत्यु भएको छ । त्यस्तै, उक्त आगलागीमा परि ५० जना भन्दा बढी कैदीहरु घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुतिरहेको समयमा आगलागी हुँदा आगलागी भएको समयमै थाहा भएको थिएन । आगलागीको बारेमा थप अनुसन्धान चलिरहेको बताइएको छ ।