मेलम्ची क्षेत्रको पुुनर्निर्माण अघि बढाइन्छ : गृहमन्त्री


काठमाडौं, (नेस) ।

गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुुपाल्चोक, उदयपुर र धनुुषामा यस वर्ष भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुुभएको छ ।

उहाँले बाढीपहिरो प्रभावित सिन्धुुपाल्चोकको मेलम्ची मुुहान हेलम्बुु क्षेत्र, मेलम्ची बजार, उदयपुरको कोशी कटान क्षेत्र चतराघाट र धनुुषास्थित कमलानदीबाट भएको कटानको स्थलगत निरीक्षण गर्नुुभएको हो ।

मेलम्ची हेलम्बुु क्षेत्रको भ्रमणका क्रममा गृहमन्त्री खाँणले कमजोर भू–बनोटका कारण पहिरो गई हिलो आएर क्षति पुुर्‍याएकाले मुुहान क्षेत्रबाटै बलियो पूूर्वाधार बनाएर लैजान सरकारले सोच बनाएको बताउनुुभयो ।

ग्रेग्रानसहितको हिलो बगेर आउँदा मेलम्ची बजार क्षेत्रलाई ठूलो क्षति पुु¥याएको बताउँदै उहाँले भन्नुुभयो– ‘पुनर्निर्माणको काम छिटो अघि बढाइनेछ, सबै निकायको समन्वय र सहकार्यमा काम अघि बढाउने विषयमा सरकार गम्भीर छ ।’ राष्ट्रिय स्रोत तथा अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि मेलम्ची क्षेत्रको पुुनर्निर्माण अघि बढाइने उहाँले बताउनुभयो । मेलम्ची बजार क्षेत्रमा बाढी प्रभावित नागरिकसँग छलफल गर्दै गृहमन्त्री खाँणले भन्नुुभयो– ‘सरकार जनताको शान्तिसुरक्षा र जीवनरक्षाका लागि हो । त्यसैले पुुनर्निर्माणको कामका लागि ढुुक्क हुुनुुस्, सरकारले सहयोग गर्छ ।’

कोशीबाट उदयपुरको करिब डेढ किलोमिटर कटान क्षेत्रको निरीक्षण गर्ने क्रममा उहाँले जलवायु परिवर्तनको असरका कारण नदीले धार परिवर्तन गरी कटान हुने गरेकाले उपयुुक्त योजना बनाएर सरकारले काम गर्ने विश्वास दिलाउनुुभयो । कटान क्षेत्रमा समयमै तटबन्ध गर्न नसकिएमा हजारौँजनता प्रभावित हुन सक्ने भएकाले तत्कालीन र दीर्घकालीन योजना बनाएर बस्ती जोगाउने र मानिसको जीवनरक्षाको काम गरिने प्रतिबद्धता उहाँले जनाउनुुभयो ।

धनुुषाको कमला नदी कटान क्षेत्रको निरीक्षणका क्रममा स्थानीयवासीबाट भएको तटबन्धका कार्यक्रम व्यवस्थित रूपमा अघि बढाएकामा सराहना गर्दै कमला तटबन्ध परियोजनालाई व्यवस्थित ढंगबाट अघि बढाइने विश्वास दिलाउनुुभयो ।