लक्जेम्वर्ग, (एजेन्सी)।
लिन्कडइनमा मात्र जागिरका लागि दिएको दुई सय वटाभन्दा बढी आवेदन असफल भएपछि नाइजेरियाली छात्रा मोडुपे ओसुन्कोयालाई अब आफू बेल्जियममा लामो समय बस्न नसक्ने यथार्थ चिन्ताले सताउन थाल्यो । उनको अध्ययन भिसा तीन महिनामात्र बाँकी थियो । अब उनका सामु जसरी भए पनि कुनै जागिरमा झुण्डिनु वा बेल्जियम छाडेर आफ्नै मुलुक नाइजेरिया फर्कनुबाहेक कुनै विकल्प बाँकी थिएन ।
तर, उनको सामु अर्को पनि एउटा विकल्प बाँकी थियो । तेस्रो पोस्ट ग्राजुयटका लागि कुनै विश्वविद्यालयमा नाम लेखाउनु । सन् २०१७ मा नाइजेरिया छाडेर बेल्जियम पुगेयता उनले दुईवटा पोस्ट ग्राजुयसन गरिसकेकी छन् ।
२८ वर्षीया ओसुन्कोयाले बीबीसीलाई भनेकी छन्, ‘मैले पीएचडी गरेको छैन । स्वदेशै फर्केको खण्डमा पनि मलाई त्यहाँ कुनै जागिरले कुरिरहेको हुनसक्ने कुनै ग्यारेन्टी छैन ।’ नाइजेरियामा बेरोजगारको समस्या निकै चर्को छ । उच्च शिक्षा हासिल गरेका तीनमध्ये एक युवा त्यहाँ बेरोजगार रहेका छन् । फलत तुलनात्मकरूपमा निम्नस्तरको जीवन बाँच्न बाध्य नाइजेरियाली युवायुवती विदेसिने गरेका छन् ।
युरोपमै रहनका लागि बेलिजयममा दोस्रो मास्टर्स डिग्री हातमै आउन लागेका उनले एस्टोनियामा पीएचडीका लागि आवेदन दिएकी छन् । बेल्जियममा पीएचडी गर्ने विकल्प नरहेकाले उनले एस्टोनियामा पीएचडीकै बहानामा बसाइ सरेकी छन् । तर, टाल्लिन युनिभर्सिटी आफ टेकनोलोजीको चारवर्षैै पीएचडीले भने तत्काल जागिर नमिले पनि उनले युरोपमा स्थायी बसोबासका लागि आवेदन भने दिन पाउने भएकी छन् ।
पढेर कहिल्यै नथाकेकी यी युवती पीएचडी उपाधिसहित युरोपमा सुनिश्चित भविष्यको पखाईमा बसेकी छन् ।
प्रतिक्रिया