बुधबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने

406
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बुधबार प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले पूर्ण पाउने भएको छ । भोलि (मंगलबार) पाँच दलीय गठबन्धनबीच मन्त्रालय भागबन्डा लागेसँगै प्रधानमन्त्री बनेको झण्डै दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार माधवकुमार नेपाल समूहका कारण अपूर्ण हुँदै आएको देउवा सरकारले बुधबार पूर्ण पाउनेछ । गठबन्धनको बैठक भोलि मंगलबार बस्ने स्रोतको भनाइ छ।

मंगलबार प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुबीच बैठक हुने बताइएको छ ।

मन्त्री छान्न जिम्मेवारी पाएका पाँचै दलका शिर्ष नेताहरुले अहिले मन्त्री छान्ने काम गरिरहेका छन् । भोलि मंगलबार शिर्ष नेताहरुले मन्त्री र मन्त्रालयको भागबन्डा गरिसक्ने बताइएको छ ।