वाम लोकतान्त्रिक शक्तिसँगको सहकार्य निरन्तर अगाडि बढ्नेछ : अध्यक्ष नेपाल

1.97k
Shares

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नोे पार्टी वाम लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपाललले देशव्यापी रुपमा सङ्गठन विस्तार गरेर पार्टीलाई थप बलियो बनाउने बताउँदै लोकतान्त्रिक शक्तिसँगको सहकार्यलाई पनि निरन्तरता दिने बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीको लडाइ विचार र सिद्धान्तको भन्दै आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेतालाई पनि आउनसमेत पुनः आग्रह गर्नुभयो । उहाँले तत्काल अरु कुनै पार्टीसँग एकता नहुने र आफू एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने स्पष्ट पार्नुभयो ।