एकीकृत समाजवादीको जिल्ला भेला आयोजक कमिटी गठन

882
Shares

गलकोट ।

नेकपा (एकीकृत समाजवादी)को बागलुङमा गठन प्रक्रिया थालिएको छ । आज बागलुङ बजारमा समाजवादी पार्टीमा लागेका उपलब्धहरूको भेलाले केन्द्रीय नेतृत्वसँग समन्वय गरी जिल्ला भेला गर्ने गरी लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय पार्टीको जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ ।

तत्कालीन नेकपा ९एमाले०का सचिवसमेत रहनुभएका थापाको संयोजकमा जिल्ला भेला आयोजक कमिटी गठन गरेको हो । भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी, जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको चार सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति, शालिकराम शर्माको संयोजकत्वमा सामाजिक सङ्घसंस्था समन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीष सदस्य रहेको तीन सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित गठन गरेको जिल्ला भेलाका संयोजक लाल थापाले जानकारी दिनुभयो ।

यस्तै सुरज बोसेलको संयोजकत्वमा प्रदीप आचार्य, फणिन्द्र खड्कासहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटीलगायत पालिका, जनसङ्गठन, पेशागत सङ्गठनका विभिन्न उपसमिति गठन गरिएको छ । लाल थापाका अनुसार बृहत् जिल्ला भेलाको आयोजना गरी नयाँ पार्टीको जिल्ला कमिटी गठन गर्नका लागि जिल्ला भेला आयोजक कमिटी गठन गरिएको हो । छिट्टै जिल्ला भेलाको आयोजना गरी पार्टी गठनको तयारीमा समाजवादी बागलुङ अगाडि बढेको छ ।