ललितपुरका मेयरले भने- केही दिन घरको फोहोर घरमै व्यवस्थापन गरिदिनुस्

910
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरवासीलाई केही दिनका लागि आफ्नो घर कम्पाण्डमा उत्पन्न हुने फोहोरलाई घर/कम्पाउण्डमा नै व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।

महानगरभित्रले अस्थायी रुपमा फोहोर जम्मा गर्दै आएको स्थल भरिएकाले केही दिनका लागि घरको फोहोर कहिने र नकुहिने छुट्याएर घरमै व्यवस्थापन गर्न उनले अनुरोध गरेका हुन् ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण महानगरको फोहोर विर्सजन स्थल ९ ल्याण्ड फिल्ड साइट० पुग्ने सडक अबरुद्ध भएकाले महानगरको अस्थायी स्थलमा नै फोहोर जम्मा गरिएको थियो ।

उनले भने, ‘फोहोरको व्यवस्थापना गर्न महानगरले प्रयास गरिरहेको छ, समस्या समाधानका लागि केही समय लाग्छ, त्यसैले कुहिने र नकुहिने गरी छुट्याएर घरमै व्यवस्थापन गरिदिनु हुनु अनरोध गर्छु ।’